Logo

भीम रावल–योगेश र गोकर्ण माधवको पार्टीमा नजाने

Logo 2021-08-18 03-08    Hamro Biratnagar

काठमाडौं, भदौ २ । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा रहनुभएका उपाध्यक्ष भीम रावलसहित तीन पदाधिकारी एमालेमै रहने हुनुभएको छ । नेता नेपालले गठन गर्ने नयाँ पार्टीमा सहभागी नहुने जनाउ रावलसहितका नेताहरुले दिनुभएको हो ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै नेपाल पक्ष नयाँ पार्टी दर्ताको प्रक्रियामा अघि बढेको छ। नेपाल पक्षका नेताहरू अहिले बानेश्वरस्थित अर्याल होटलमा भेला हुनुभएको छ । जहाँ नेपाल पक्षका सांसद र केन्द्रीय सदस्यहरू छलफलमा जुटनुभएको छ ।

सो बैठकमा उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई भने सहभागी हुनुभएन । उहाँलरुले नेपालले गठन गर्ने नयाँ पार्टीमा सामेल नहुने बताउनु भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?