Logo

कांग्रेस नेता प्रदीप गिरीको भारतमा उपचार हुँदै, स्वास्थ्यावस्था बुझ्न निधि मुम्बईमा

Logo 2021-08-19 02-08    Hamro Biratnagar

काठमाडौँ, ३ भदौ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरीको भारतको मुम्बईमा उपचार भइरहेको छ । घाँटीमा समस्या देखिएपछि केही दिनअघि मुम्बईस्थित हिन्दुजा अस्पतालमा उहाँलाई भर्ना गरिएको उहाँको परिवारिक स्रोतले जनाएको छ ।

घाँटीमा एक्कासि समस्या देखिएपछि नेता गिरी उपचारका लागि मुम्बई जानुभएको हो । उहाँको स्वास्थ्यावस्थाबारे जानकारी लिन कांग्रेस उपसभापति विमलेन्द्र निधि आज मुम्बई जानुभएको उहाँका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो ।

उपचारका लागि मुम्बई जानुअघि उपसभापति निधि र नेता गिरीबीच उपचारबारे सल्लाह भएको बताइएको छ । “ भोलि शुक्रबार निधिले गिरीलाई भेटेपछि उहाँको स्वास्थ्य अवस्थाबारे थप जानकारी प्राप्त हुनेछ”, दाहालले भन्नुभयो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?