Logo

लाइसेन्सको परीक्षा खुल्दै

Logo 2021-08-19 05-08    Hamro Biratnagar

काठमाडौं, ३ भदौ । यातायात व्यवस्था विभागले नयाँ स्वास्थ्य मापदण्ड बनाएर सवारी चालक अनुमती पत्र (लाइसेन्स) को परीक्षा संचालनमा ल्याउने भएको छ ।

कोभिड-१९ को महामारीको कारण सरकारले जारी गरेको निषेधाज्ञासँगै गत बैशाख १६ गतेदेखि बन्द रहेको लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा संचालन गर्न मापदण्ड बनाइरहेको यातायात व्यवस्था विभागका प्रवक्ता डा‍. लोकनाथ भुसालले जानकारी दिए ।

लोकसेवा, त्रिभुवन विश्वविद्यालय लगायतले पनि मापदण्ड बनाएर परीक्षा संचालन गरिरहेकोले लाइसेन्सको पनि त्यस्तै मोडेलमा परीक्षा हुने उनले बताए । ‘हामीले यातायात कार्यालयका प्रमुखहरुसँगपनि छलफल गरेर मापदण्ड बनाइरहेका छौं । धेरै भिडभाड नगराई, सामाजिक दुरी कायम गराएर, सीमित मान्छेलाई मात्र राखेर, एउटा सिफ्टमा ४०/५० जना मात्र हुने गरेर परीक्षा गराउने तयारी छ,’ उनले भने ।


लोकप्रिय छुटाउनुभयो कि ?