Logo

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएकालाई निलम्बन गर्न झाँक्रीको माग

Logo 2021-08-20 01-08    Hamro Biratnagar

काठमाडौं, ४ भदौ । सर्वोत्तम सिमेन्टको शेयर निष्कासन नहुँदै खरिद गर्ने नियामक निकायका उच्च पदस्थ व्यक्तिहरूलाई तत्काल पदबाट निलम्बन गर्नुपर्ने सांसद रामकुमारी झाँक्रीले माग गरेकी छिन् ।

शुक्रबार बसेको अर्थ समितिको बैठकमा सांसद झाँक्रीले सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका नेप्से प्रमुख चन्द्र सिंह साउद, सेबोन अध्यक्ष भिष्मराज ढुंगाना र सेबोनका सञ्चालक सदस्य चन्द्र ढकाललाई निलम्बन गरेर छानविन गर्न माग गरेकी हुन् ।

पदमा नै राखेर अनुसन्धान अगाडि बढाउँदा पदको दुरुपयोग गरी छानविनलाई प्रभावित बनाउन सक्ने भन्दै उनले निलम्बन गर्न माग गरेकी हुन् ।

बैठकले धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना, नेप्सेका सीईओ चन्द्रसिंह साउन र सञ्चालक सदस्य चन्द्र ढकालले पद अनुरुप काम नगरी अनुचित लाभ लिने काम गरेकाले यथाशीघ्र छानविन गरेर कारबाही गर्न निर्देशन दिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?