Logo

पछिल्लो २४ घण्टामा २६ जनाको निधन, थपिए ३ हजार ४२ सङ्क्रमित

Logo 2021-08-20 07-08    Hamro Biratnagar

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५३० पीसीआर परीक्षण गर्दा यो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ७ हजार १२४ परीक्षणबाट ९६३ जनामा पोजिटिभ देखिएको छ। २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १७ हजार ६५४ परीक्षणमा ३ हजार ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख ४४ हजार ३०७ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप २ हजार २४४ जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५४३ छ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ४५५ पुगेको छ।


लोकप्रिय छुटाउनुभयो कि ?