Logo

बिना अनुमति भिडियो खिचेको आरोपमा युट्युबर पक्राउ

Logo 2021-08-21 10-08    Hamro Biratnagar

अनुमति विना भिडियो खिचेर सार्वजनिक गरी चरित्रहत्या गरेको आरोपमा युट्युबरसहित ३ जना पक्राउ परेका छन्। उनीहरूलाई झापा प्रहरीले अनारमनिबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरे, व्यवसायी हेमराज भट्टराई र सुवास कार्की छन्।

होटलमा खाजा खाइरहेका बेला कोठामा प्रवेश गरी अनुमति नै नलिई भिडियो खिचेर सार्वजनिक गरी चरित्रहत्या गरेको अभियोग उनीहरूमाथि लागेको छ। उक्त कार्यमा संलग्न भएको आरोप लागेका केही युट्युबरको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकामाथि अभद्रव्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुने प्रहरीले जानकारी दिएको छ।

भदौ १ गते उनीहरूले होटलमा खिचेको भिडियो सार्वजनिक गरेका थिए। मानिसको व्यक्तिगत जीवनमा घुसेर चरित्रहत्या गरेको भन्दै सामाजिक सञ्जालमा उनीहरूको आलोचना भएको थियो।


लोकप्रिय छुटाउनुभयो कि ?