Logo

प्रदेश नं १ मा ७७/७८ मा बढ्यो अपराध , आत्महत्या गर्नेको सङख्या धेरै

Logo 2021-08-21 01-08    Hamro Biratnagar

विराटनगर / निशान्त ढुङ्गाना : प्रदेश नं १ मा आर्थिक वर्ष(आ.व.)२०७६/७७ को तुलनामा आ. व. ७७/७८मा अपराधको सङख्या बढेको पाईएको छ । प्रदेश भरि आ. व. ७६/७७ मा ७ हजार ९१ वटा अपराधको घटना दर्ता भएको थियो भने आ. व. ७७/७८ मा ७ हजार ३ सय ८४ वटा अपराधिक मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यलय , प्रदेश नं १ , विराटनगरले बताएको छ ।

आ. व. २०७५/७६ मा ७ हजार ५ सय ९ वटा अपराधको मुद्दा दर्ता भएकोमा अपराधको सङख्या आ. व.७६/७७ मा घटेको भएपनि आ.व. ७६/७७ मा भने बढेको देखिन्छ । अपराधको सङख्या बढेको देखिए पनि मुद्दा फर्छौटको सङख्या भने घट्दै गएको छ । आ. व. ७५/७६ मा ६ हजार ९ सय ६६ वटा मुद्दा फर्छौट भएको छ भने आ. व. ७६/७७ मा भने ४ हजार ९ सय ५१ वटा र आ. व. ७७/७८ मा भने फर्छौट मुद्दाको सङख्या ३ हजार ७ सय ३९ रहेको छ । प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राई अनुसार 'फर्छौट मुद्दाको सङख्या बढी देखिएको प्रहरीले मुद्दा निस्कर्षमा पुगाउन नसकेर भन्दा पनि प्राविधिक तथा कानुनी कारणले देखिएको हो' । 'आत्महत्या लगायत केही अपराधिक घटनाको फाईल बन्द गर्न दुई वर्ष लाग्ने भएकोले फर्छौट मुद्दामा वृद्दी देखिएको हो ' प्रवक्ता राईले बताए ।

आ. व. ७७/७८ मा अपराधिक घटनामा संलग्न ५ हजार ९ सय २० जना पुरूष तथा ४ सय ३६ जना महिला पक्राउ परेका छन् भने फरारको सुचीमा १ हजार ४ सय ५५ जना पुरुष तथा १ सय ४० जना महिला रहेका छन् ।

आत्महत्याको बढ्दो सङ्ख्या

प्रदेश नं १ को जिल्लाहरूमा आ. व. ७६/७७ को तुलनामा आ. व. ७७/७८ मा आत्महत्याको सङख्या बढेको पाईएको छ । आ. व. ७६/७७ मा आत्महत्या को १ हजार ३ सय ४४ वटा मुद्दा दर्ता भएको थियो भने आ. व. ७७/७८ मा भने अत्महत्याको १ हजार ५ सय १६ वटा मुद्दा दर्ता भएको पाईएको छ ।

प्रदेश प्रहरी प्रवक्ता नविनराज राई बढ्दै गएको बेरोजगारि लगायत कोभिड महामारीले थपिदिएको आर्थिक तथा बढ्दै गएको मानसिक तनाबले आत्महत्या बढेको हाम्रो प्रारम्भिक निष्कर्ष रहेको भए पनि यस विषयमा समाजमा बृहत अध्यन , चिन्तन तथा सचेतना कार्यक्रम सञ्चालन गरेर यसलाई न्युनिकरण गर्न सकिने विश्वास व्यक्त गर्छन ।

लागुऔषधको बढ्दो मुद्दा

आ. व. ७६/७७ मा ५ सय ३० वटा लागुऔषधको दर्ता भएको मुद्दा आ. व. ७७/७८ मा भने बढेेर ६ सय ८० वटा पुगेको छ । ५ सय ३० वटा मुद्दा दर्ता भएको ७६/७७ मा ५ सय १५ वटा मुद्दा फर्छौट भएको छ भने ७७/७८ ६ सय ८० वटा मुद्दामा ५ सय ८० वटा फर्छौट भएको छ ।

'लागुऔषधको समस्या भारत सँग सिमा जोडिएको जिल्लामा धेरै देखिएको र यसलाई प्रहरीले एकदमै गम्भीर ढङ्गमा लिई राखेको' प्रवक्ता राईले बताए , ' लागुऔषधको प्रयोग तथा ओसारपोसार रोक्न विभिन्न स्कुल देखि लिएर सामुदायिक कार्यक्रम पनि पुलिसले राखेको र यसलाई न्युनिकरण गरेेर छाड्ने योजना रहेको छ ' ।


लोकप्रिय छुटाउनुभयो कि ?