Logo

जहदामा माओवादी–कांग्रेस–जसपामा कार्यकर्ताको खडेरी, वडाध्यक्ष गीरी सहित एकैदिन ७४५ जना एमालेमा प्रवेश

Logo 2021-08-22 11-08    Hamro Biratnagar

विराटनगर, ६ भदौ । जनता समाजवादी पार्टीबाट निर्वाचित भएका जहदा गाउँपालिका वडा नंः ४ का वडाअध्यक्ष जयनरथ गिरी सहित ७ सय ४५ जना नेपाल कम्यूनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन् ।

जहदा गाउँपालिका–२ स्थित जनता माध्यामिक विद्यालयको प्राङ्गणमा नेकपा एमाले गाउँ समिति जहदाले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा गिरी लगायत विभिन्न पार्टी परित्याग गरेर ७ सय ४५ जना एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रीय सदस्य विनोद ढकाल, मोरङ जिल्ला अध्यक्ष ऋषिकेष पोखरेल लगायतले पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा एमाले मोरङका अध्यक्ष पोखरेलले शुभकामना मन्तव्य व्यक्तगर्नुहँुदै सर्वहारा वर्गहरुको उत्थान र भुमिहिनहरुको लागि भुमिको व्यवस्थाको अभियानमा पार्टी जुटेको बताउनुभयो ।

कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुँदै एमालेका केन्द्रीय सदस्य ढकालले देश अहिले संघीयतामा गएको बताउदै जनताको हातमै सवै अधिकार निहित रहेको भन्दै सवैले आफ्नो अधिकार लिनुपर्नेमा जोड दिनुभयो । नवप्रवेशीहरुको स्वागत एंव सम्मानका लागि सन्थाल जातिले आफ्नो परम्पारिक नृत्य प्रस्तुत गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?