Logo

पोखराको महेन्द्रपुल नजिकैको सडक भासियो

Logo 2021-08-23 10-08    Hamro Biratnagar

पोखरा, ७ भदौ । पोखराको महेन्द्रपुल नजिकैकै सडक भासिएको छ । महेन्द्रपुल सेलवेज गेटको पारी रहेको गरिमा विकास बैंकअगाडिको सडक भासिएको हो ।

बैंकअगाडिको सडक भासिएर भ्वाङ परेको छ । सञ्जय कुमार मल्लले सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्वीर सेयर गरेका छन् । जसमा सडकमा भ्वाङ परेको देखिन्छ ।

सडकमा भ्वाङ परेपछि सो क्षेत्रका स्थानीयमा त्रास फैलिएको छ । पानी परिरहेको र भल सोही भ्वाङबाट छिरेको छ । भल तर्काउने र भ्वाङ पुर्ने प्रयास भइरहे पनि वर्षाले अवरोध गरेको प्रहरीले जानकारी दिएको छ ।

मल्लले सडक भासिएकाले सवारीसाधन तथा पैदल यात्रुलाई जोखिम बढेको बताएका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?