Logo

मकैबारीमा लडिरहेको अवस्थामा बेलबारीमा एक महिलाको शव फेला

Logo 2021-08-23 10-08    Hamro Biratnagar

विराटनगर, ७ भदौ । मकैबारीमा लडिरहेको अवस्थामा हिजोरसाँझ मोरङको बेलबारीमा एक महिलाको शव फेला परेको छ ।

मोरङको बेलबारी नगरपालिका–११ जुरेकी ५८ वर्षीया कविता बुढाथोकी घरनजिकको मकैबारीमा मृत फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार परिवारका सदस्यबाट अलग भएर महिला घरमा एक्लै बस्दै आएको खुलेको छ । मकैबारीमा महिलालाई मृत फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेको श्रेष्ठले बताउनु भयो ।

मृत्युको कारण खुल्न बाँकी रहेको र शव पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारे अस्पताल लगेर घटनाका बारेमा अनुसन्धान थालिएको जानकारी उहाँले दिनु भयो ।


लोकप्रिय छुटाउनुभयो कि ?