Logo

आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ

Logo 2021-08-23 06-08    Hamro Biratnagar

आफ्नै बुबालाई कुटपिट गरी हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

त्रिवेणी गाउँपालिका-४ का ६० वर्षीय लक्षिमन दमाईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै २५ वर्षीय छोरा टेकबहादुर नेपाली पक्राउ परेका हुन्। उनी आइतबार राति पक्राउ परेका हुन्।

घरायसी झै(झगडामा नेपालीले आफ्नै बुबालाई कुटपिट गर्दा मृत्यु भएको बताइएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?