Logo

दल दर्ताको सनाखत अघि नेकपा एकीकृत समाजवादीका नेताहरू चन्द्रागिरि रिसोर्टमा

Logo 2021-08-23 08-08    Hamro Biratnagar

काठमाडौं, ७ भदौ । नेकपा एकीकृत समाजवादीमा लागेका नेताहरू चन्द्रागिरि रिसोर्टमा जम्मा भएका छन् ।

दल दर्ताको सनाखतका लागि आयोगले बोलाएको मितिभन्दा दुई दिन अघि उनीहरू एकैठाउँमा भेला भएका हुन् । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले नेताहरुले भेला भइरहेको जानकारी दिए ।

'म अहिले दाङबाट फर्किँदैछु । आज चन्द्रागिरी रिसोर्टमा भेला हुने कार्यक्रम छ', चौधरीले  भने ।

निर्वाचन आयोगले ९ भदौमा सनाखतका लागि सो पक्षलाई बोलाएको छ । एमाले २ जेठ २०७५ को मा फर्किइ पार्टी विभाजनमा लागेका नेताहरूलाई सम्मानजनक हैसियतमा फर्किन अपील गर्ने निर्णय गरेसँगै त्यस पक्षका नेताहरू एकै ठाउँमा भेला हुन लागेका हुन् ।

निर्वाचन आयोगले एमालेको नवौं महाधिवेशनको दुई सय तीन केन्द्रीय सदस्यबाट दल दर्ताको सनाखत गर्ने जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?