Logo

दश बुँदे सहमति कार्यान्वयनको खाका बनाउन एमालेले बनायो तीन सदस्यीय कमिटी गठन

Logo 2021-08-23 08-08    Hamro Biratnagar

काठमाडौं, भदौ ७ । एमालेले पार्टीभित्रको विवाद समाधानका लागि भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न तीन सदस्यीय कमिटी गठन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आज बालकोटमा भएको सहमतिअनुसार मंगलवार स्थायी कमिटी बैठक बोलाएपछि १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी र समयतालिका तय गर्न उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल सदस्य रहने गरी कमिटी गठन गर्नुभएको हो ।तीन सदस्यीय कमिटीले मंगलबारको स्थायी कमिटी बैठकअघि प्रस्ताव तयार गर्ने म्याण्डेट पाएको छ ।

आज अध्यक्ष ओली र माधवकुमार नेपालसँग नयाँ पार्टीमा नगएका नेताहरूबीच बालकोटमा छलफल भएको थियो । सो छलफलमा अध्यक्ष ओलीले आफू १० बुँदे भित्रबाट अघि बढ्न तयार रहेको बताउनुभएको थियो । अध्यक्ष ओलीको सो प्रतिवद्धतासँगै माधव नेपाल छाडेका नेताहरु एमालेलाई बलियो बनाउँदै अघि बढने अवको स्थायी कमिटी बैठकमा आउन तयार हुनुभएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?