Logo

सुनसरीको महेन्द्रनगरमा ब्राउन सुगरसहित एक जना पक्राउ

Logo 2021-08-24 10-08    Hamro Biratnagar

सुनसरीको प्रहरीले बराहक्षेत्र नगरपालिका ८ शुक्रवारेबाट हिजो साँझ साढे ६ बजे थप १ जना लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत सुपौल थाना बिरपुर बनेलीपट्टी ३ का २५ बर्षीय रुद्रनारायण कुमार यादव रहेका छन् ।

गत ६ गते ब्राउन सुगर सहित पक्राउ परेका मानिसहरुले दिएको सुचनाको आधारमा यादवलाई ब्राउन सुगर ५२ ग्राम र उनले प्रयोग गरेको BR.50K0386 नम्बरको भारतिय नम्बर प्लेटको मोटरसाईकल सहित पक्राउ गरिएको हो । पक्राउ परेका यादव सोधपुछ गर्दा यस अघीनै पक्राउ परेका पुरुषोतम मेहताको घरमा थप ब्राउन सुगर लुकाई राखेको छ भनि खुलाई दिए पश्चात प्रहरी गई मेहताको घरमा खानतलासी लिदा थप १७ ग्राम ब्राउन सुगर बरामद भएको छ ।

पक्राउ परेका यादवलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?