Logo

२३ फागुन यता औपचारिक बैठकमा नगएका १० नेताहरूसहित सुरु भयो एमाले स्थायी कमिटी

Logo 2021-08-24 04-08    Hamro Biratnagar

काठमाडौं, ८ भदौ । नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका नेताहरूसहितको स्थायी कमिटी बैठक सुरु भएको हो ।

२३ फागुन यता पार्टीको बैठकमा औपचारिक रूपमा सहभागी नभएका दोस्रो पुस्ताका १० जना स्थायी कमिटी सदस्यहरू पनि बैठकमा सहभागी छन् ।

सोमबार बालकोटमा अध्यक्ष केपी ओलीसँग १०बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गरेसँगै उनीहरू बैठकमा सहभागी भएका हुन् । बैठकले १०बुँदे सहमति कार्यान्वयनको मोडालिटी अनुमोदन गर्ने बताइएको छ ।

मोडालिटी तयार गर्ने जिम्मेवारी महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले पाएका थिए  । बैठकले कार्यकर्ताहरूलाई माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादीमा नजान पनि अपिल गर्ने बताइएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?