Logo

एकताको सन्देश दिँदै सकियो एमालेको स्थायी कमिटी बैठक

Logo 2021-08-24 06-08    Hamro Biratnagar

नेकपा एमालेको स्थायी कमिटीको बैठक सकिएको छ। नेकपा एमाले औपचारिकरुपमै २०७५ जेठ २ मा फर्किएको छ ।

माधव नेपाललाई छाडेका असन्तुष्ट नेताहरुसहित पहिलोपटक बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै संगठनलाई २०७५ जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको छ ।

नयाँ निर्णयसँगै एमालेले १० बुँदे सहमति कार्यान्वयनमा ल्याएको हो ।

यस्ता छन् निर्णयहरु

  • पार्टीको पक्षमा क्रियाशील रहने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश र जिल्ला र सबै तहका कमिटी २०७८ जेठ २ पूर्वको अवस्थामा क्रियाशील हुन निर्देशन

    १० बुँदे सन्दर्भ सामग्रीकोरुपमा लैजाने

  • कार्यान्वयन गर्न समस्या समाधान गर्न ईश्वर पोखरेल, भीम रावल, घनश्याम भूसाल, लेखराज भट्ट

    जेठ २ लाई आधार मानेर पार्टी सदस्यता नवीकरण गर्ने

  • विधान महाधिवेशन असोज ४, ५ ६ गते काठमाडौंमा गर्ने । मंसिर १०, ११ र १२ गर्ते । दस्तावेज तयार गर्न भदौ २५, २६ बैठक बोलाउने
  • कात्तिक ६ गते, कात्तिक ९ गते पालिका, नगर अधिवेशन गर्ने
  • भदौ १६ देखि जिल्ला कार्यकर्ता भेला र जनसंगठनका भेला गर्ने
  • भदौ १० गते केन्द्रीय कमिटीको भेला


लोकप्रिय छुटाउनुभयो कि ?