Logo

यी मितिमा प्रदेश १ मा कोरोनाविरुद्ध एस्ट्राजेनेका र भेरोसेल खोप लगाइने

Logo 2021-08-26 11-08    Hamro Biratnagar

विराटनगर : प्रदेश नम्बर १ मा कोरोना भाइरस विरुद्धको एस्ट्राजेनेका र भेरोसेल खोप लगाइने भएको छ ।

बुधबार बसेको जिल्ला खोप समन्वय तथा अनुगमन समितिको बैठकले उक्त निर्णय गरेको हो । प्रदेश नं १ का सबै स्थानीय तहमा यो खोप कार्यक्रम संचालन गरिनेछ ।

कोभिडसिल्डको पहिलो मात्र लिएका व्यक्तिहरूलाई खोप कारको आधारमा एस्ट्राजेनेका खोपको दोस्रो मात्रा भदौ ११, १२ र १३ गते प्रदेश १ का सबै पालिकामा सञ्चालन गरिनेछ ।

त्यस्तै श्रावण महिनाको १२ र १३ गते भेरोसेलको पहिलो मात्र लिएका व्यक्तिहरूलाई खोप कार्डको आधारमा दोस्रो मात्रा भदौ १६, १७ र १८ गते सञ्चालन गरिनेछ ।


लोकप्रिय छुटाउनुभयो कि ?