Logo

तीन पांग्रे ई रिक्साको नविकरण, रुट इजाजत र जाचपास अब विराटनगर महानगरपालिकाले नै गर्ने

Logo 2021-08-27 09-08    Hamro Biratnagar

अनुमतिपत्र वितरण गर्दै विराटनगरका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्की

विराटनगर : विराटनगर महानगरपालिकाले तीन पांग्रे सिटी सफारी (ई रिक्सा) को नविकरण,रुट इजाजत तथा जाचपास आफैले गर्ने भएको छ । महानगरपालिकाले बिहिबार एक कार्यक्रमको आयोजना गर्दै सिटी रिक्सा चालकहरुलाई सवारी साधन चलाउने अनुमती पत्र प्रदान गरेको हो ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र उपमेयर इन्दिरा कार्कीले संयुक्त अनुमतिपत्र वितरणको शुभारम्भ गरेका हुन् ।

महानगरले केही समय अगाडीदेखि नै तीन पांग्रे इ रिक्साको नविकरण र रुट इजाजतका लागि महानगरपालिमा नै कर तिर्न आग्रह गरेको थियो । महनगरमा दर्ता भइ चल्ने सिटी रिक्साहरुले सवारी अनुमतिपत्र पाइसकेका छन् ।


लोकप्रिय छुटाउनुभयो कि ?