Logo

झापामा बसको ठक्करबाट मोटरसाईकल चालक उर्लाबारीका ५० बर्षीय पुरुषको मृत्यु

Logo 2021-08-28 12-08    Hamro Biratnagar

विराटनगर : झापाको कमल गाऊपालिका ४ चुलाचुलिमोड स्थित पुर्व-पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाईकल चालकको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ उर्लाबारी नगरपालिका ६ का ५० बर्षीय हेमसागर थापा रहेका छन् ।

हिजो दिउसो साढे १ बजे पश्चिम जादै गरेको को १ ख ६७६२ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा थापाको मृत्यु भएको हो ।

बस र बस चालक मोरङ उर्लाबारी नगरपालिका ७ का ४२ बर्षीय सम्पतलाल धिमाल ईलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?