Logo

खोटाङमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

Logo 2021-08-28 12-08    Hamro Biratnagar

खोटाङ हलेसी तुवाचुङ नगरपालिका ८ धितुङ कि ४२ बर्षीया पार्वती राईको लडेर मृत्यु भएको छ ।

हिजो बेलुका ५ बजे सोही स्थानमा रहेको खुरीखोला जंगलमा घाँस काट्न क्रममा भिरबाट ३० मिटर तल खसेर गम्भिर घाईते भएकी राईलाई उपचारको लागी हलेसी तर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो ।

घटनाको बारेको ईलाका प्रहरी कार्यालय हलेसीले थप अनुसन्धान गरिरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?