Logo

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले दिए राजीनामा

Logo 2021-08-28 12-08    Hamro Biratnagar

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् ।

वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत राजीनामा गरेका हुन् । उनले नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनामा बुझाएको क्यान सचिव अशोकनाथ प्याकुरेलले पुष्टि गरेका छन् ।

अन्तराष्ट्रिय प्रशिक्षकहरूले एकपछि अर्को गर्दै राजीनामा दिनुको पछाडि नेपाली खेलकूद जगतमा मौलाउँदै गएको अतिराजनीतिकरण भएको विश्लेषण गर्न थालिएको छ । व्यवसायिक खेलको विकासमा र खेलाडीको मनोविज्ञानमा यसले नकारात्मक प्रभाव परी अन्तर्राष्ट्रिय प्रतियोगितामा देखिने निराशाजनक नतिजा पनि यसैको असरका रूपमा हेर्न थालिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?