Logo

एमाले मोरङको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण

Logo 2021-08-28 08-08    Hamro Biratnagar

विराटनगर : नेकपा (एमाले) मोरङको समानान्तर कमिटीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने निर्णय गरेको छ। एमालेमा विवाद भएसँगै नेपाल पक्षले गठन गरेको समानान्तर कमिटीको शनिबार सम्पन्न बैठकले एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो।

चन्द्रवीर राई अध्यक्ष रहेको एमालेको उक्त समानान्तर कमिटी अब भने नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटीमा रुपान्तरण भएको छ। ३२५ सदस्यीय समानान्तर कमिटीका अधिकांश सदस्यले एकीकृत समाजवादीलाई समर्थन गरेका छन्।

बैठकले मोरङका १७ वटै स्थानीय तह र सबै वडामा पार्टीको भेला आयोजना गरी कमिटी गठन गर्ने निर्णय गरेको छ। बैठकका निर्णयअनुसार सबै स्थानीय तहमा कमिटीको काम तीव्रता दिइनेछ।


लोकप्रिय छुटाउनुभयो कि ?