राष्ट्रिय स्वास्थ्य
देशभर फैलियो डेंगु संक्रमण, कोसी प्रदेशमा सबैभन्दा धेरै संक्रमित
नोट: यो समाचार ६ महिना अघिको हो
काठमाडौं । गर्मी शुरु भएसंगै देशभर डेंगु संक्रमितको संख्या बढ्न थालेको छ ।
मनसुन सुरु भइसंगै संक्रमित बढेका हुन । सबैभन्दा बढी डेंगु संक्रमण कोसी प्रदेशमा फैलिएको छ ।
बिज्ञापन
पुसदेखि हालसम्म ७१ जिल्लामा डेंगु संक्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
हालसम्म १०८१ जना संक्रमित भएका छन् । सबैभन्दा बढी कोशीमा २३९, बागमतीमा २९७, गण्डकीमा १८२, लुम्बिनीमा १६३, सुदूरपश्चिममा १५६, कर्णालीमा ३० र मधेशमा १४ जना संक्रमित भएका छन् ।
इपिडिमियोलोजी महाशाखाका निर्देशक डा. चन्दभालले एक दशकको तथ्यांकलाई हेर्दा डेंगु सबैभन्दा बढी असार, साउन, भदौ र असोजसम्म रहने बताए ।
‘भर्खरै मनसुन सुरु भएको छ, अबका दिनमा डेंगुका बिरामी बढ्छन्,’ डा. झाले भने,
अबको चार महिनाको अवधिमा कुनै पनि ठाउँमा डेंगु फैलिन सक्छ ।
उनका अनुसार अहिलेसम्मको तथ्यांकलाई हेर्दा अघिल्लो वर्षको तुलनामा कम फैलिएको छ । तर अबका चार महिना (असार, साउन, भदौं, असोज) डेंगु फैलिने अति जोखिम महिना हुन् ।
एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २०००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो ।
त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए। २०१६ मा चितवन, झापा र रूपन्देहीमा महामारीकै रूपमा डेंगु देखियो ।
२०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो।
२०२३ मा कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । ईडीसीडीको तथ्यांक अनुसार संक्रमितमध्ये ३१ प्रतिशत सुनसरीका थिए ।
सन् २०२४ मा भने १३ जनाको मृत्यु हुँदा झण्डै ३५ हजारभन्दा बढी संक्रमित भएका थिए ।
Bagmati

- प्याब्सन स्पोर्ट्स मिटको उपाधि एभरेष्ट र सिद्धार्थ स्कुलले हात जिते
- हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णय बदर
- जेनजी सहिदलाई सुशासन योद्धाको उपाधि, जिल्ला प्रशासनमा नाम राखिने
- छैटौं कारोबार दिन पनि घट्यो सेयर बजार
- फेरि बढ्यो अन्डाको मूल्य
- रिलायन्स स्पिनिङ मिल्सको आईपिओ खुल्यो
- नख्खु जेलबाट भागेका भारतीय कैदी विराटनगरमा पक्राउ
- इन्डिगोका ४५० उडान आज पनि रद्ध
- दुर्गा प्रसाईंका कार्यकर्ताद्वारा जिल्ला प्रशासन मोरङ अगाडि धर्ना
- एनपीएल-२ समूह चरण सकियो, यस्तो छ अंक तालिकाको स्थिति









