Logo

मेस्सीको डेब्यु खेलमा पिएसजीको जित, रेइम्स २–० गोलले पराजित

Logo 2021-08-30 09-08    Hamro Biratnagar

यसै समर बार्सिलोना छोडेर फ्रान्स आएका लियोनल मेस्सीको डेब्यु खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित निकालेको छ । फ्रान्सेली लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पिएसजीले रेइम्सलाई उसैको मैदानमा २–० गोलअन्तरले हराएको हो ।

उक्त खेलमा वैकल्पिक खेलाडीको रूपमा मेस्सी मैदान प्रवेश गरेका थिए । मेस्सीले ६६औँ मिनेटमा नेयमारको स्थानमा मैदान छिरेका थिए ।

तथापि, पिएसजीको जितमा भने किलियन एम्बाप्पे नायक बने । पिएसजीलाई जिताउन दुवै गोल एम्बाप्पेले गरेका थिए ।

खेलको १६औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ६३औँ मिनेटमा एम्बाप्पले दोस्रो गोल गर्दै पिएसजीलाई २–० गोलले जिताए ।

यस जितसँगै पिएसजीले चार खेलबाट १२ अङ्क जोडेको छ । ऊ अङ्क तालिकाको शीर्ष स्थानमा छ । रेइम्स भने ३ अङ्कसहित १७औँ स्थानमा छ ।


लोकप्रिय छुटाउनुभयो कि ?