Logo

तस्करीको कपडा नियन्त्रण गर्न खोज्दा विराटनगरमा प्रहरीमाथि नै हातपात गर्ने पक्राउ

Logo 2021-08-30 12-08    Hamro Biratnagar

विराटनगर : भारतदेखि अवैध रूपमा मध्य राति तस्करी भएर आएको कपडा नियन्त्रण लिन खोज्दा विराटनगरमा प्रहरीमाथि नै हातपात भएको छ ।

कपडा तस्करी गर्ने विराटनगर महानगरपालिका १३ का ३२ वर्षीय नरेश यादवले ड्युटीमा खटिएका प्रहरीमाथि हातहात गरेका हुन् ।

गत शनिबार राति तस्करीको कपडा आएको गोप्य सूचनाका आधारमा विराटनगर–१२ स्थित बखरी प्रहरी चौकीका असइ भुवन श्रेष्ठको नेतृत्वको टोली नेपाल र भारतको सीमा क्षेत्र दरैयाबस्तीमा पुगेर कपडा बरामद गरेको हो ।

को २ ह ६२२६ नम्बरको अटोमा तस्करहरुले तस्करीको कपडा ल्याउँदै थिए।

प्रहरीले कपडा नियन्त्रणमा लिएपछि तस्करको गिरोह नरेश यादव घटनास्थलमा आइपुगेका थिए । सादा पोशाकमा रहेको प्रहरी भएकाले सामान छोड्न भन्दै यादवले प्रहरीलाई हातपात गरेका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?