Logo

विराटनगरमा आज खटयात्रा निकालिँदै

Logo 2021-08-31 10-08    Hamro Biratnagar

विराटनगरमा भव्य रूपमा निकालिँदै आएको राधाकृष्ण रथयात्रा स्थगित गरिएको छ। कृष्णजन्माष्टमीको भोली पल्ट निकालिने गरिएको रथयात्राको ठाउँमा मंगलबार खटयात्रा निकालिँदै छ।

कोरोना महामारीका कारण भक्तजनको भव्य उपस्थितिमा रथयात्रा सम्भव नभएपछि रूप परिवर्तन गरेर खटयात्रा निकाल्न लागिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाबुराजा ओझाले बताए। कोरोनाकै कारण गत वर्ष पनि रथयात्रालाई खटयात्रामा परिणत गरिएको थियो।


लोकप्रिय छुटाउनुभयो कि ?