Logo

गठबन्धनमा असन्तुष्टि नै असन्तुष्टि : दवाव थेग्न नसकेपछि अनन्त देउवाले नयाँ निर्वाचनको मिति तोक्न सक्ने

Logo 2021-08-31 01-08    Hamro Biratnagar

काठमाडौँ, १५ भदौ । सरकार विस्तारमा भएको ढिलाइका विषयमा सत्तारूढ गठबन्धनमा नै असन्तुष्टि देखिएको छ । गठबन्धनमा आबद्ध दलहरूबीच भागबन्डामा सहमति हुन नसक्दा डेढ महिना बित्दासमेत मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । २९ असारमा प्रधानमन्त्री नियुक्त भएका शेरबहादुर देउवाले अहिले चार फुल मन्त्री र एक राज्यमन्त्रीकै भरमा सरकार सञ्चालन गर्नुभएको छ । मन्त्रिपरिषद् विस्तार र भागबन्डामा सहमति गर्न भन्दै सोमबार साँझ बसेको बैठकमा समेत मन्त्रालयको भागबन्डामा कुरा नमिलेपछि गठबन्धन आबद्ध शीर्ष तहका नेताहरू नै असन्तुष्ट बनेका हुन् ।

बैठकमै भनाभन समेत भएको बालुवाटार निकट एक स्रोतले जनाएको छ । बैठकमा प्रचण्डले प्रधानमन्त्री देउवालाई चर्को दवाव दिएपछि बैठक विना निर्कष टुंगिएको थियो । ‘नयाँ सरकार बनेको डेढ महिना भयो, कहिले कसका कारण विस्तार ढिला भयो, कहिले के कारण, यसले राम्रो म्यासेज दिएन, गठबन्धन आबद्ध दलका नेताहरू नै अब यो विषयलाई धेरै लम्ब्याउनु हुन्न भन्नेमा हुनुहुन्छ,’ सत्ता गठबन्धन आबद्ध दलका एक नेताले बताउनुभयो ।

सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा, माधव नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादी र जनमोर्चा आबद्ध छन् । यी दलबीच शुक्रबार यता दिनहुँजसो मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुँदै आइरहेको छ । सोमबार मात्रै पनि बिहान र साँझ गरी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुईपटक बैठक बसेको थियो । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाका नेताहरू सहभागी हुनुभएको थियो ।

माओवादी केन्द्रले ६ मन्त्रालय र एक राज्य मन्त्रालयमा दाबी गरेको छ । त्यस्तै, माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले ६ वटा मन्त्रालयमा दाबी गरेको छ । जसपाले पनि ६ वटा मन्त्रालयकै दाबी गरिरहेको छ । उसले माओवादी र समाजवादीकै हैसियत पाउनुपर्ने अडान लिएको छ । आफ्रनै पार्टी भित्रको दवाव र गठबन्धनको दवाव थेग्न नसकेपछि अन्नत प्रधानमन्त्री देउवाले पनि नयाँ निर्वाचनको मिती तोक्नुको विकल्प नभएको देउवा निकट एक स्रोत बताउछ ।


लोकप्रिय छुटाउनुभयो कि ?