Logo

मोरङमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

Logo 2021-09-01 09-09    Hamro Biratnagar

File photo

विराटनगर : मोरङमा टिपरको ठक्करबाट एकजनाकोमृत्यु भएको छ। पूर्वबाट पश्चिम जाँदै गरेको को१ख६५०३ नम्बरको टिपरले सुन्दरहरैचा ७ गोठगाँउमा प्रदेश १ ०२०४१प९१२५ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक पथरी शनिश्चरे नगरपालिका २ का ४१ वर्षीय वीरेन्द्र लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। दुर्घटनामा घाइते उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगे पनि त्यहाँ मृत्यु भएको हो। टिपर चालक प्रहरी नियन्त्रणमा छन्।


लोकप्रिय छुटाउनुभयो कि ?