Logo

अब हवाइ यात्रुले फेसशिल्ड लगाउनु नपर्ने

Logo 2021-09-02 10-09    Hamro Biratnagar

काठमाडौं, १७ भदौ । आन्तरिक उडानका क्रममा फेसशिल्ड लगाउनु नपर्ने भएको छ ।

वायुसेवा कम्पनीले यात्रुलाई उपलब्ध गराउँदै आएको फेसशिल्ड हटाउने भएसँग फेसशिल्ड अनिवार्य नहुने भएको हो ।

वायुसेवा सञ्चालक संघले विज्ञप्ति जारी गर्दै सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिने विभिन्न अध्ययनले पुष्टि गरेकाले यात्रुलाई फेसशिल्ड हटाइएको जनाएको हो ।

'विश्वमा अन्य कुनै वायुसेवाले फेसशिल्ड अनिवार्य नगरेको र सुरक्षित तवरले मास्क लगाएको खण्डमा सुरक्षित रहन सकिन्छ भन्ने पुष्टि भैसकेको अवस्थामा वायुसेवामा फेससिल्ड हटाउने निर्णय गरिएको छ', विज्ञप्तिमा भनिएको छ ।

नेपाली यात्रुलाई मास्कसँगै फेसशिल्डको प्रयोगले असहजता सिर्जना गर्नुका साथै प्रयोगमा आइसकेका फेसशिल्ड विमानस्थलमा जथाभावी फाल्दा असुरक्षित भई वातावरणीय समस्यासमेत देखिएको संघले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?