Logo

आज प्रदेश १ मा भारी वर्षा हुने

Logo 2021-09-02 11-09    Hamro Biratnagar

आज प्रदेश १ र गण्डकी प्रदेशका एकरदुुई ठाउँमा मेघगर्जनसहित ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । प्रदेश १ मा दिउँसो र गण्डकी प्रदेशमा बेलुकापछि ठूलो पानी पर्ने मौसमविद् निराजन सापकोटाले जानकारी दिनुभयो ।

प्रदेश १ र गण्डकी प्रदेशमा भोलि पनि ठूलो पानी पर्ने सम्भावना रहेकाले त्यस क्षेत्रमा बाढी पहिरो जोखिम धेरै रहेको उहाँको भनाइ छ । हिजो पनि गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी परेको थियो । मनसुनी गतिविधि केही कमजोर भएसँगै देशका अरु ठाउँमा भने हल्कादेखि मध्यमखालको मात्रै वर्षा हुने मौसमविद् सापकोटाले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा आज पनि हिजो जस्तै गरी घाम लाग्ने छ । तर, बेलुका पछि भने काठमाण्डौ उपत्यकामा हल्का पानी पर्न सक्ने अनुमान गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?