Logo

अध्यक्ष ओलीको गृह जिल्ला झापामा एमाले एकढिक्का

Logo 2021-09-02 04-09    Hamro Biratnagar

तस्बीर : पूर्वमन्त्री हिक्मत कार्कीको सचिवालय

विराटनगर । नेकपा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेपछि एमालेमा कुन जिल्लामा कस्तो प्रभाव पर्ने हो भन्ने सबैको चासो छ । अझ एमालेका अध्यक्ष केपी शर्मा ओलीको जिल्लामा त झन माधवको प्रभाव कति पर्ला भनेर सबैको चासोको विषय हुने नै भयो ।

तर, एमाले अध्यक्ष ओलीको गृह जिल्ला झापामा २०७५ जेठ २ अघिको पार्टी कमिटी सक्रिय भएसँगै एकढिक्का देखिएका छन् ।

आजको जिल्ला सचिवालयको बैठकमा केन्द्रीय सदस्यहरू हिक्मत कार्की,रविन कोइराला देवेन्द्र दाहाल,हरी राजवंसीहरु उपस्थित भएपछि आम कार्यकर्तामा खुशियाली छाएको छ ।

कोइराला लामो समयदेखि माधव झलनाथ समूहसँग निकट हुनहुुन्थ्यो । तर, पार्टी विभाजनको विपक्षमा उभिएपछि जिल्लामा कोइरालाका समर्थकहरू पनि एमालेमै उभिएका छन् ।

हालका जिल्ला इन्चार्ज एवं पूर्वमन्त्री हिक्मत कार्कीका अनुसार आगामी २१ गतेको जिल्ला कमिटीको बैठकमा कोइरालालाई जिल्लाको इन्चार्ज हस्तान्तरण गरिनेछ । माओवादीसँग एकता हुनुअघि कोइराला झापाको इन्चार्ज र कार्की इलामको इन्चार्ज थिए ।

आजै एमाले स्थायी कमिटी सदस्य एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र प्रदेशका अध्यक्ष देवराज घिमिरे पनि काठमाडौंबट प्रदेश अभियानमा लाग्नु भएको छ । अब सबै जिल्लाका जिल्ला कमिटी बैठक र जिल्लाहरू भेलाहरू गरिने अध्यक्ष घिमिरेले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?