Logo

प्रदेश १ः विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री आचार्यको नियुक्ति असंवैधानिक रहेको भन्दै बदर गर्न माग

Logo 2021-09-02 06-09    Hamro Biratnagar

विराटनगर, १७ भदौ । देश १ को विपक्षी गठबन्धनले मुख्यमन्त्री भीम आचार्यको नियुक्ति असंवैधानिक भएको बताएको छ ।

विपक्षी गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सम्मिलित गठबन्धनको बिहीबार बसेको बैठकले मुख्यमन्त्रीको आचार्यको नियुक्ति असंवैधानिक भएको बताएको हो

गठबन्धनले एमाले विभाजनपछि अल्पमतमा परेको सरकारलाई महत्त्वपूर्ण निर्णय नगर्न पनि चेतावनी दिएको छ । एमाले विभाजन भइसकेको अवस्थामा निर्वाचन आयोगले सांसदहरुलाई दल रोज्न समय दिइसकेका बेला बहुमत छ भन्दै त्यसको परीक्षण नै नगरी मुख्यमन्त्री नियुक्त गरेको भन्दै गठबन्धनले नियुक्ति बदर गर्न माग गरेको हो ।

बैठकले गठबन्धनलाई थप एकताबद्ध बनाउने पनि निर्णय गरेको माओवादी केन्द्रका नेता इन्द्र आङ्बोले जानकारी दिए । १० भदौमा शेरधन राईले राजीनामा दिएपछि सोही दिन मुख्यमन्त्रीमा आचार्य नियुक्त भएका थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?