Logo

जन्मदिनको अबसरमा विराटनगरका समाजसेवी काफ्लेले वितरण गरे राहत

Logo 2021-09-03 06-09    Hamro Biratnagar

विराटनगर, १८ भदौ । धेरैले फजुल खर्च गरेर जन्म दिन मनाउने गरेका छन् । तर विराटनगरका एक समाजसेवीले भने फजुल खर्च गर्नुको साटो सोही खर्चमा विपन्न परिवारलाई राहत वितरण गरेर जन्मदिन मनाएका छन् ।

विराटनगरका युवा उद्योगी एवम् समाजसेवी गोपाल काफ्लेले विपन्न परिवारलाई राहतस्वरुप खाद्यन्न वितरण गरेर जन्मदिन भनाएका हुन् । उनले लायन्स क्लव अफ विराटनगर यूनिक मार्फत विराटनगर–१२ बखरीमा १५ जना ज्येष्ठ नागरिकहरुलाई १ महिना पुग्ने गरी राहत स्वरुप खाद्यान्न वितरण गरेर जन्म दिन मनाएका हुन् ।

लायन्स क्लव अफ विराटनगर यूनिकका सचिव समेत रहेका काफ्लेले १५ जना ज्येष्ठ नागरिकहरुलाई एक महिना महिना पुग्नेगरी खाद्यान्न वितरण गरेका हुन् ।

काफ्ले नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका वरिष्ठ उपाध्यक्ष समेत हुन् ।

क्लवका सचिव काफ्को एकल सहयोगमा नगद ३ हजारका दरले खाद्यन्न सहित राहत सहयोग गरेको क्लवका संस्थापक अध्यक्ष संजयकुमार साहले बताए ।

बखरीमा रहेका जेष्ठ नागरिकहरुलाई पहिलो प्राथमिकतामा राखेर राहत सहयोग गरेको उनले बताए ।

सो अवसरमा डिस्ट्रिक गभर्नर रेवत बहादुर कार्कीले जेष्ठ नागरिकका लागि मानवीय सेवामा क्लवले खेलेको भुमिका निकै नै सराहनीय रहेको बताए । उनले क्लका सचिव काफ्लेले गरेको योगदानको कदर गर्दै सम्मान पत्र पनि प्रदान गरेका थिए । ज्येष्ठ नागरिकहरुलाई राहतस्वरुप चामल, दाल, नुन र खाने तेल लगायतको खाद्य सामग्री वितरण गरिएको थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?