Logo

सरकारप्रति सुवास नेम्वाङको व्यंग्य: अदालतले मन्त्रिपरिषद्‍बारे आदेश नदिँदा सरकार विस्तार रोकियो

Logo 2021-09-03 07-09    Hamro Biratnagar

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले मन्त्रिपरिषद् पूर्णताका लागि पनि सर्वोच्चको आदेश कुरिरहेको भन्दै व्यंग्य गरेका छन् ।

शुक्रबार एमालेनिकट कानुन व्यवसायीहरूको भेलालाई सम्बोधन गर्दै नेम्वाङले भने, 'अदालतको आदेशबाट गठन भएको सरकारले मन्त्रिपरिषद्‍मा सबै पार्टीका सदस्यलाई यो सरकारले सहभागी गराउन पाउनेछ । संविधानमा जे कुरा लेखिएको भए पनि ७० देखि ७५ जना मन्त्रिपरिषद् सदस्य बन्न पाउने फैसला कुर्दैछ भन्ने चर्चा सांसदहरूले गरिरहेका छन् ।'

हाल मन्त्रिपरिषद् विस्तार गर्दा एमाले विभाजन गर्न ल्याइएको अध्यादेशको शिकार आफ्नो पार्टी पनि बन्ने भएकाले सरकारले पूर्णता नपाएको उनको भनाइ छ । एमाले विभाजन गरेकाहरूले त्यसको औचित्य पुष्टि गर्न नसक्ने नेम्वाङको दाबी छ ।


लोकप्रिय छुटाउनुभयो कि ?