Logo

भारतबाट ल्याइएको ७५ लाखको औषधी बरामद

Logo 2021-09-04 02-09    Hamro Biratnagar

प्रहरीले भारतबाट नेपाल ल्याइएको ७५ लाख ५६ हजार ८ सय मूल्य बराबरको औषधी बरामद गरेको छ ।

शनिबार बिहान एउटा अटोबाट इलाका प्रहरी कार्यालय लहानको टोलीले औषधी बरामद गरेको हो ।

बिहान राति सवा २ बजे लहान नगरपालिका-१९ कटहा चोकबाट लु१स ८००७ नम्बरको अटो चेकजाँच गर्दा ठूलो परिमाणमा औषधी फेला परेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

बरामद भएको तीन खालको औषधी रहेको लहानका प्रहरी नायब उपरीक्षक तपन दाहालले बताए । रिकल—केटु—सेभेन नामको औषधी ३५ लाख ९३ हजार ९२०, ओइथोकल ट्याबलेट २९ लाख ७२ हजार १६० र केयरकल ट्याब्लेट ९ लाख ९० हजार ७२० रूपैयाँ बराबरको बरामद भएको दाहालको भनाई छ ।

उनले बिहान राति आफू गस्तीमा निस्केका बखत अटो आइरहेको र प्रहरीलाई देख्नासाथ अटोमा रहेका व्यक्तिहरू फरार भएको बताए । फरार व्यक्तिहरूलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?