Logo

जनादेशबाट हामी फेरि सरकारमा फर्किनेछाैँ: प्रदीप ज्ञवाली

Logo 2021-09-04 02-09    Hamro Biratnagar

नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले आगामी निर्वाचनपछि एमाले फेरि सरकारमा फर्कने बताएका छन् ।

ज्ञवालीले आफ्नो पार्टी अदालतको परमादेशबाट हट्नुपरे पनि जनादेशबाट सरकारमा फर्किने बताएका छन् ।

शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले लगनखेलमा आयोजना गरेको कार्यकर्ता भेलामा सबै तहका पार्टीका संगठन निर्वाचनमा लाग्न पनि उनले आग्रह गरे ।

उनले भने, ‘हामीले स्थानीय तहको निर्वाचनको तयारी गर्नुछ । अवको १५÷१६ महिनापछि हुने प्रदेश र संघको निर्वाचनको लागि तयारी गर्नुछ । ठिक छ, परमादेशबाट हामीलाई हटाइएको छ । जनादेशबाट फेरी फर्कने छौं, हामी सरकारमा । परमादेशबाट हामीलाई प्रतिपक्ष बनाइएको छ । जनताको मायाबाट हामी फेरी फर्कनेछौं । र फेरी देशलाई ‘समृद्ध नेपाल सुःखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउनेछौँ ।’


लोकप्रिय छुटाउनुभयो कि ?