Logo

विकासप्रेमी सबैले यो सरकारलाई सहयोग गर्छन् : मुख्यमन्त्रि आचार्य

Logo 2021-09-04 05-09    Hamro Biratnagar

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आफूले प्रदेशसभाबाट विश्वासको मत पाउने दावी गर्नु भएको छ ।

धरान-८ स्थित औद्योगिक क्षेत्रमा ३७ करोडको लगानीमा शुरु भएको ‘ब्राइट फिड प्रालि’ नामक उद्योगको उद्घाटन कार्यक्रममा उहाँले शनिवार यस्तो बताउनु भएको हो ।

‘सरकारले एक महिनाभित्रमा विश्वासको मत लिनैपर्ने हुन्छ, आफ्नै दल विभाजित भएपनि म विश्वासको मत लिन्छु, यो सरकार सत्ता लिप्साभन्दा पनि विकासका काम गर्दै जाने भएकोले विकासप्रेमी सबैले यो सरकारलाई सहयोग गर्छन् भन्ने मेरो अपेक्षा हो ।’ उहाँले भन्नु भयो ।

उहाँले प्रदेश १ को टिकाउन दलहरूबीच कुराकानी भइरहेको समेत बताउनु भएको छ । ‘राजनीतिमा जे पनि हुन्छ’, उहाँले भन्नु भयो ‘नयाँ राजनीतिक समीकरण निर्माणका लागि दलहरुसँग छलफल भइरहेकै छ ।’

आचार्यले विकास निर्माणको काममा तीब्रता दिएर बजेट कार्यान्वयन गर्ने, प्रदेश सरकारको संरचना निर्माण, शान्ति-सुरक्षा र सुशासनको पाटोमा काम अघि बढाउने योजनाका साथ आफू लागिपरेको पनि बताउनु भएको छ । आफू केन्द्रबाट तल झरेर प्रदेश १ मा केही गर्छु भनेर झरेको हुनाले आफुसँग विकासको योजना रहेको बताउनु भएको छ ।

मुख्यमन्त्रि भए पछि पहिलो पटक निर्वाचन क्षेत्रमा पुग्नु भएको मुख्यमन्त्रि आचार्यले स्वदेशमा सञ्चालन हुने उद्योग व्यवसाय व्यवसायलाई प्रोत्सोहान प्रदेश सरकारको पहिलो प्रथमिकता भएकाले आफु धरान आएको बताउनु भएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?