Logo

ओखलढुङगामा करेन्ट लागेर पोलबाट ढल्दा एक जनाको मृत्यु

Logo 2021-09-04 06-09    Hamro Biratnagar

सांकेतिक तस्वीर

ओखलढुङगाको सिद्धिचरण नगरपालिका ४ का २१ बर्षीय निखिल फुयल करेन्ट लागी सोलारको पोलबाट लडेर मृत्यु भएको छ ।

आज बिहान १० बजे मानेभन्ज्याङ गाऊपालिका ७ स्थित माझी गाउँमा सोलारको पोलमा चढेर निर्माणाधिन सोलु करिडोरको तार तन्काउने क्रममा सोलारको करेन्ट लागी पोलबाट लडी घाईते भएका उनको उपचारको जनसेवा उदयपुर घुर्मी हेल्थ केयरमा पुर्‍याउन साथ मृत्यु भएको थियो ।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?