Logo

नेपाल अग्रवाल युवा मंच विराटनगर द्वारा २९ औ स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजन

Logo 2021-09-04 08-09    Hamro Biratnagar

बिराटनगर। नेपाल अग्रवाल युवा मंच विराटनगर द्वारा आज आफ्नो २९ औ स्थापना दिवस,"अग्र युवा शक्ती दिवस" लाई विभिन्न कार्यक्रम हरु को आयोजना गरि बृहद रुप मा मनाएको छ।

विराटनगर का मारवड़ी युवाहरुका बिच मैत्रीपूर्ण खेल भावना जगाउने उदेश्य ले आज बिहान ६ बजे देखी "Fast Cycle Race" को आयोजना गरेको थियो। उक्त कार्यक्रममा जम्मा ४३ जना प्रतियोगीहरु ले भाग लियेका थिए। रेस मा विशान्क अग्रवाल प्रथम, तोशीत बोहरा द्वितीय र हर्ष तोदी तृत्य हुनु भएका थिए। बिजेताहरुले प्रथम मा नगद रु ५१००, द्वितिय लाई नगद रु. ३१०० र तृत्य लाई नगद रु. २१०० का साथै Caliber Shoes, Laziz Pizza र Happily Baked बाट आकर्षक पुरष्कार थियो। सो कार्यक्रम मा प्रमुख अतिथी मा नेपाल अग्रवाल सभा विराटनगर का अध्यक्ष श्री देवकीनन्दन अग्रवाल ज्यू, विशिस्ट अतिथी मा प्रहरी नायाब उपनिरीक्षक श्रीमान शिब शर्मा ज्यू, नेपाल अग्रवाल का भुपू अध्यक्ष श्री लक्ष्मण नेवटीया ज्यू, विराटनगर महानगरपालिका वड़ा नं. २ का अध्यक्ष श्रीमान कुमार पोखरेल लगायत को उपस्थिति रहेको थियो। उक्त कार्यक्रम का संयोजक चिराग अग्रवाल र अनिकेत खेतान थिए।

त्यस्तै अर्को कार्यक्रममा बिहान ११ बजे एअरपोर्ट मोड मा ट्राफिक प्रहरी संग को साझेदारी मा रहेको स्वागत बोर्ड को बेनर परिवर्तन गरियो। उक्त बेनर को सौजन्य अम्बे ईट्टा रहेका थिए।

 

सेवा नै धर्म हो भन्ने कुरा लाई वास्तविकतामा परिणत गर्दै बाल सुधार गृह, विराटनगर मा भएको बाल बालिकलाई खेलकूद सामाग्री (लूडो , चेस, बेतमिनटोन, केरम बोर्ड, फूट बल, वली बॉल आदी) को वितरण गरियो। उक्त कार्यक्रम का संयोजक अधिवक्ता मयूर अग्रवाल र हर्ष तोदी हुनुहुन्थयो। नेपाल अग्रवाल युवा मंच विराटनगर ले वर्ष भरी यस्ता खेलकूद, सामजिक, जनचेतना मूलक कार्यक्रम आयोजना गर्दै रहने जानकारि मंच का अध्यक्ष प्रदीप अग्रवाल ले गराउनू भयो।


लोकप्रिय छुटाउनुभयो कि ?