Logo

कांग्रेस महाधिवेशन : झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व चयन

Logo 2021-09-05 10-09    Hamro Biratnagar

Hamrobiratnagar

झापा, २० भदौ । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत झापाका ५५ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

कांग्रेसका जिल्ला प्रचार विभाग प्रमुख कृष्ण हुमागाईंका अनुसार १३१ वडामध्ये ती वडामा क्षेत्रीय प्रतिनिधि र वडा कार्यसमिति सर्वसम्मत चुनिएको र अन्य वडामा अधिवेशन जारी रहेको छ । झापामा ३३ हजार बढी क्रियाशील सदस्य छन् ।

मेचीनगरका आठ, बुद्धशान्तिका चार, बिर्तामोडका छ, अर्जुनधाराका पाँच, कनकाईका चार, झापा गाउँपालिकाका सात, शिवसतासीका तीन, कमलको एक, गौरादहको दुई, गौरीगञ्जका दुई, भद्रपुरका तीन, बाह्रदशीका चार वडामा सबै पदमा निर्विरोध निर्वाचन सम्पन्न भएको हो ।

क्षेत्र नं १ को मेचीनगरमा ६, ७, ८, ९, १०, ११, १२ र १५ नं वडामा वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि सर्वसम्मत चयन भएको जनाउँदै अन्य वडामा समेत सहमतिको प्रयास भइरहेको १ नं क्षेत्रीय सभापति मणि उप्रेतीले जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?