Logo

गाँजासहित पक्राउ परेका विराटनगरका युवाको रहस्यमय मृत्यु, छानविन गर्न परिवारको माग

Logo 2021-09-05 06-09    Hamro Biratnagar

सांकेतिक तस्वीर

विराटनगर : गत शुक्रबार विराटनगरको जनपथ टोलबाट साढे तीन केजी गाँजासहित पक्राउ परेका विराटनगर महानगरपालिका ११ का २७ वर्षीय भीम कामतको मृत्यु भएको छ ।

प्रहरी हिरासतमा रहेको बेला बिरामी परेपछि उनको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरी हिरासतमा रहेका व्यक्तिको मृत्यु भएपछि परिवारले घटना रहस्यमय भएको भन्दै छानविन गर्न माग गरेको छ ।

गाँजासहित पक्राउ परेका कामत जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा थिए ।


लोकप्रिय छुटाउनुभयो कि ?