Logo

विराटनगरमा भदौ २१ र २२ गते कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिइने

Logo 2021-09-05 06-09    Hamro Biratnagar

विराटनगर : विराटनगर महानगरपालिकाले १८ वर्ष पुगेका कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिने भएको छ। जापानले कोभ्याक्स सुविधामार्फत उपलब्ध गराएको खोप मध्येबाट कक्षा १२ का विद्यार्थीलाई खोप दिन लागिएको हो।

विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीका अनुसार विद्यार्थीहरुलाई भदौ २१ र २२ गते खोप लगाउन लागिएको हो ।

कोरोना संक्रमणका कारण गत साउन ३१ गतेदेखि संचालन गर्ने भनिएको कक्षा १२ को परीक्षा स्थगित गरिएको थियो।

यसैसन्दर्भमा राष्ट्रिय परीक्षा बोर्डले पनि सूचना प्रकाशित गर्दै कक्षा १२ को परीक्षा संचालन गर्नुपूर्व परीक्षामा सहभागी हुने १८ वर्षभन्दा माथिका विद्यार्थीहरुलाई पायक पर्ने खोप केन्द्रमा प्रवेशपत्र सहित उपस्थित भई खाप लगाउन अनुरोध गरेको थियो।


लोकप्रिय छुटाउनुभयो कि ?