Logo

मोरङमा १० दिन निषेधाज्ञा थप, विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई

Logo 2021-09-06 10-09    Hamro Biratnagar

मोरङमा जारी निषेधाज्ञा पुनः १० दिनका लागि थपिएको छ।

बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको डिसिएमसीको बैठकले भदौ २० गते राति १२ बजेसम्मका लागि थप भएको हो ।

जिल्लामा कोरोना संक्रमणदर र मृत्युदरमा कमी नआएपछि थप १० दिन निषेधाज्ञा लम्बाइएको हो।

बैठकले अन्य निर्णयहरुलाई यथावत् राख्दै खाद्यान्न, फलफूल, तरकारी, बिउ विजन, दुग्धजन्य पदार्थ बिक्री वितरण गर्न पाउने पसलको हकमा समय परिवर्तन गरेको छ।

त्यस्ता पसल बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ला गर्न पाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले संक्रमणको अवस्था हेरेर विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुचारू गर्न सक्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?