Logo

२ लाख घुससहित वडा सदस्य रंगिहात पक्राउ

Logo 2021-09-06 07-09    Hamro Biratnagar

काठमाडौँ महानगरपालिका वडा नम्बर १४ का वडा सदस्य घुससहित पक्राउ परेका छन्।कंलकी १४ बाट वडा सदस्य वसन्त महर्जनलाई २ लाख लिँदै गर्दा अख्तियार दुरूपयोग अनुसन्धानको टोलीले रंगेहात पक्राउ गरेको हो ।

कंलकीको खसीबजारस्थित तन्दुरी रेष्टुरेन्टबाट घुससहित उनलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। वडा सदस्य महर्जनले मैतीदेवीको जग्गा नामसारी र नाता प्रमाणित गरिदिने भन्दै उनले सेवाग्राहीसँग २ लाख रकम मागेका थिए। उनीमाथि थप अनुसन्धान गर्न अख्तियारको कार्यालय टंगालमा लगिएको बताइएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?