Logo

निर्वाचन आयोगले दल रोज्न दिएको समय आज सकिँदै

Logo 2021-09-07 10-09    Hamro Biratnagar

काठमाडौं : निर्वाचन आयोगले विभाजित दल रोज्नका लागि जनप्रतिनिधिहरुलाई उपलब्ध गराइएको समय आज साँझ ५ बजे सकिँदैछ।

सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी(जसपा)बाट लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) आयोगमा दर्ता भएका थिए।

यससँगै विभाजित दलमा जान चाहनेहरुका लागि आयोगले २१ दिनको समय उपलब्ध गराइएको थियो, जसको समय आज सकिन लागेको हो। आजसम्ममा दल परिवर्तन गर्ने जनप्रतिनिधिको पद सुरक्षित हुनेछ।

यसका लागि केन्द्रमा निर्वाचन आयोगमा, प्रदेशमा आयोगको प्रदेश कार्यालयमा र स्थानीय तहका जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा पुगेर आफुले रोजेको दलकव पक्षमा सनाखत गर्न सकिने व्यवस्था गरिएको छ।


लोकप्रिय छुटाउनुभयो कि ?