Logo

झापामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाईते

Logo 2021-09-07 02-09    Hamro Biratnagar

सांकेतिक तस्वीर

विराटनगर : झापाको कचनकवल गाऊपालिका ६ बिशाल बस्ति नजिक भित्री सडक खण्डमा दुईवटा मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु दुई जना घाईते भएका छन् ।

हिजो बेलुका ८ बजे पुर्व तर्फ जादै गरेको मे१०प ५३८९ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे८प २१३७ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भिर घाईते भएका २१३७ नम्बरको मोटरसाईकल चालक सोही स्थानका ३७ बर्षीय सोम दाहाल B&C अस्पताल बिर्तामोडमा उपचारको क्रममा राती ९ बजे मृत्यु भएको छ भने ५३८९ नम्बरको मोटरसाईकल चालक सोही पालिका ५ का २६ बर्षीय करण राजबंशी र पछाडी सवार कचनकवल ३ की १८ बर्षीया जयमती राजबंशी घाईते भई उपचार भईरहेको छ ।

दुर्घटना भएका दुवै मोटरसाईल ईलाका प्रहरी कार्यालय बनियानी झापाको नियन्त्रणमा रहेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?