Logo

विराटनगरमा अदालत परिसरमै कारको ठक्करबाट एक जनाको मृत्यु

Logo 2021-09-07 06-09    Hamro Biratnagar

विराटनगर, २२ भदौ । विराटनगरमा मोरङ जिल्ला अदालत परिसरमै कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४५ वर्षीया लक्ष्मी दाहाल छिन् । उनलाई मंगलबार मोरङ जिल्ला अदालत परिसरभित्र बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिएको थियो ।

कारको ठक्करबाट गम्भिर घाइते भएकी दाहालको विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ‘अदालत परिसरमा भएको कार सार्ने क्रममा उछिट्एिर क्यान्टीनमा पुग्दा त्यहाँको सञ्चालकलाई ठक्कर लागेको थियो ।’ मोरङ प्रहरी प्रमुख प्रहरी  उपरिक्षक जनार्दन जिसीले हाम्रो विराटनगरसँग भने,‘अस्पताल लाँदा उपचारकै क्रममा उहाँको निधन भयो ।’

मृतक दाहाल अदालत भित्र रहेको क्यान्टिन सञ्चालक रहेको जनाइएको छ । जिल्ला अदालत मोरङका न्यायाधीश इश्वर पराजुली चड्ने कारले दाहाललाई ठक्कर दिएको हो । तर, दुर्घटनाको समयमा गाडीभित्र न्यायाधीश पराजुली नरहेको प्रहरी उपरिक्षक जिसिले हाम्रो विराटनगरलाई जानकारी दिए ।


लोकप्रिय छुटाउनुभयो कि ?