Logo

नेपालसहित १४ जना उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न दिँदैनौं : अध्यक्ष ओली

Logo 2021-09-08 03-09    Hamro Biratnagar

काठमाडौं, २३ भदौ । नेकपा एमालेले आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ जना उपस्थित भए प्रतिनिधिसभाको बैठक चल्न नदिने बताएको छ ।प्रतिनिधिसभाको बैठक आज बुधबार ४ बजे बोलाइएको छ ।

त्यसअघि बसेको एमाले संसदीय दलको बैठकमा पार्टी अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले कारबाही गरेका १४ जनालाई गेटबाट फर्काइन्छ कि फर्काइँदैन हेर्ने बताउनुभयो ।

उनीहरु उपस्थित भए बैठक नै सुरु हुन नसक्ने भन्दै उहाँले भन्नुभयो , ‘नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निस्कासन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं ?’ उहाँले अघि भन्नुभाये , ‘यदि गैर सांसदको उपस्थिति छ भने कुनै पनि हालतमा सदन प्रारम्भै हुन दिँदैनौं ।’


लोकप्रिय छुटाउनुभयो कि ?