Logo

सरकारमा सहभागी नहुने भएकाले प्रतिपक्ष बस्यौं : राजेन्द्र महतो

Logo 2021-09-08 04-09    Hamro Biratnagar

काठमाडौं, २३ भदौ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी नहुने भएकाले प्रतिपक्षी दलको सिट रोजेको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको उक्त पार्टीले तत्काल सरकारमा नजाने निर्णय लिँदै प्रतिपक्ष दलको हैसियतमा नै प्रस्तुत हुन लागेको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले जानकारी दिनुभयो ।

‘देउवाजीलाई विश्वासको मत दिएको भए पनि संसदमा भने हामी प्रतिपक्षको भूमिका रहने निर्णय लिएका छौँ,’ महतोले भन्नुभयो, ‘देउवा सरकारको गुण र दोषको आधारमा प्रतिपक्षमा बसेर लोसपाले संसदमा भूमिका निभाउने छ ।’
उहाँका अनुसार त्यहीँ अनुसार संसद सचिवालयलाई पनि प्रतिपक्ष दलतर्फको सिट व्यवस्थापन गर्न अनुरोध गरिएको हो । सो माग बमोजिम संसद सचिवालयले पनि लोसपालाई प्रतिपक्षीतर्फको कुर्सी व्यवस्थापन गरेको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिनुभएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?