Logo

सभामुखलाई एमालेको प्रश्न – दल विभाजनको मतियार किन बनेको ?

Logo 2021-09-08 05-09    Hamro Biratnagar

काठमाडौं, भदौ २३। नेकपा (एमाले) ले आफ्नो दल विभाजनको मतियार भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटासँग जवाफ मागेको छ । ‘एमालले कारवाही गरेका सांसदको हकमा किन कारवाही गर्नु भएन ?,’

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हाम्रो पार्टी टुक्र्याइसकेपछि १३ दिन पछि यसमा केही गर्नु परेन भन्नु भयो । एमाले टु्क्राउन किन सहयोगी बन्नु भयो ? दल विभाजन गर्न किन मतियार बन्नुभयो ?’ '

भट्टराईले यसको जवाफ नपाएसम्म सदन चल्न नदिने बताउनुभयो। सभामुखले त्यसको जवाफ दिँदै आफूले नियम अनुसारै गरेको र यो विषय अदालतमा विचाराधीन भएकाले संसदमा कुरा उठान नपाइने बताउनुभयो । एमाले सांसदहरूको नारावाजी र अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?